एजेन्सी, ०८ भादौ /

समाजमा ब्रेकअप भएको धेरै कारणहरु हुन सक्छ तर के प्रेमि मोटो भएको कारणले प्रेमिकाले ब्रेकअप दिएको कतै सुन्नु भएको छ । यहाँ सम्म प्रेममा ठुबेकाहरु आफनो हातको नसा काटने गर्दछन अथवा आफनो जिन्दगी नै वर्बाद गरिहाल्छन । तर आज हामी कुरा गर्दैछौ टिकटक स्टार पुवी को बारेमा ।

पुवीको प्रमिकाले तौल बढी भएकाले छोडेकी थिइन । प्रेमिकाले छोडे लगतै धेरै जान आफुलाई देवदाश सम्झन छन तर यहाँ पुवीले बिछोड भए लग्तै जिम गर्न जुडे करिब १ वर्ष भित्र ७० किलो वजन घटाए । तपाईहरुलाई अवगत गराई दिहालौ कि पुवीको वजन पहिला १३९ किलो रहेको थियो ।

यो परिवर्तनले उहाँमा अचम्मको परिवर्तन मात्र होइन, टिकटक स्टार पनि बनाएको छ । आज पुवी सबैको लागि प्रेरणा बनेका छन । डेली स्टारको रिपोर्टका अनुसार उनको पार्टनरले सम्बन्ध समाप्त गरेपछि पुवीले आफैंमा काम गर्ने, आफनो जीवनशैली परिवर्तन गर्ने र जिम जाने निर्णय गरे । सो निर्णय नै वहाँलाई आज टिकटक स्टार मात्र होइन स्वस्थ्य पनि बनाएको छ ।


