इन्धनको मुल्य फेरी बढयो, जानौ कतिको दरले फेरबदल भएको छ ।

काठमाडौँ
फागुन–०४
नेपाल आयल निगमले फेरी इन्धनको मुल्यमा समायोजन गरेको छ । हाल समायोजन गरिएको मुल्य २ रुपैया प्रति लिटरले डिजेल, पेट्रोल, मटितेल र आन्तरिक हवाई इन्धनको मुल्यमा परिर्वतन गरिएको छ ।
काठमाडौ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४ रुपैया र डिजेल तथा मटितेलको मुल्य ९७ रुपैया प्रति लिटर , आन्तरिक हवाई इन्धनको मुल्य प्रतिलिटर ८७ कायम रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएको हुन ।
समायोजन गरिएको मुल्य मंगलवार राति १२ बजे देखि लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *