राष्ट्रपति भण्डारीद्धारा दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, संविधानीक व्यवस्था के छ ?

रोशन गुप्ता
बारा, ०६ असोज
/
राष्ट्रपति विधादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेर पढाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयमा प्रमाणीकरण गर्न अस्विकार गर्नु भएको छ ।


राष्ट्रपति भण्डारीले हिजोसम्म दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरण गर्ने १५ दिन समाप्त भएको छ । सभामुख अग्प्रिसाद सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभा बाट भई भदौ २० गते प्रमाणित गर्ने राष्ट्रपति भण्डारी समक्ष प्रमाणिकरणका लागि पठाएका थिए । कानुनी व्यवस्था अनुसार दोस्रो पटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था भए पनि राष्ट्रपतिले मंगलवार राति १२ बजे समय सिमा समाप्त भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन ।


नेपाल संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रतिनिधिसभा र राष्ट्रियसभा बाट आएको खण्डमा प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य रुपमा प्रमाणीकरण गर्ने कानुनी व्यवस्था विध्यमान छ ।


के संविधानले राष्ट्रपतिलाई दोस्रो पटक विधेयक फिर्ता गर्ने प्रवधन उपल्बध गराएको छ ?
प्रतिनिधिसभा र राष्ट्रियसभा बाट पारित भई साउन १५ गते पहिलो विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो । साउन १५ गते पठाइएको विधेयक साउन २९ गते विधेयक फिर्ता पठाउँदा वैवाहिक अङिकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्दा हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गर्नुभएको थियो ।


यसै गरि प्रतिनिधिसभा र राष्ट्रियसभा बाट पारित गरि दोस्रो पटक विधेयक प्रमाणीकरण हुन नसकेको र प्रतिनिधि सभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब यो विधेयकको के हुने भने एक चासो को विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *