रोशन गुप्ता
बारा, ०६ असोज /

सिरहामा नागरिकता विधेयक दास्रो पटक राष्ट्रपति विधादेवी भण्डारी अस्वीकार गरेपछि वहाँ विरुद्ध मधेशमा प्रदर्शन सुरु भएको छ । राष्ट्रपतिद्धारा नागरिकता विधेयक अस्वीकार भएपछि सिरहाको कसहामा जनमत पार्टीले आन्दोलन सुरु गरेको छ ।

राष्ट्रपतिले लाखौं मधेशी जनताहरुलाई आफनै देशमा गैर नागरिक सरह बस्न बाध्य तुल्याएको र उनीहरुलाई नागरिकता दिनबाट बञ्चित गरेको विरोध प्रदर्शन कर्ताले बताएका हुन ।
दोस्रो पटक दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रति राष्ट्रपतिले असन्तुस्टि देखाएपछि मधेश प्रदेशमा चौतर्फी विरोध हुन थालेको छ ।



