जन कल्याण बहुउदेश्यीय सहकारी संस्थाको १७ औ साधारण सभा सम्पन्न, भिडियो सहित

रोशन गुप्ता 

बारा, ०८ आश्विन /

जन कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. जितपुरको १७ औ साधारण सभा आज बकुलिया–५ को बकुलिया क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले पानसमा दिपप्रजलन गरि यस गरिमामय कार्यक्रमको औपचारिक समुदघाटन गर्नु भएको थिए । 

उदघाटन समारोहलाई संबोधन गर्दै भने सहकारी संस्थाले समाजमा भएका महिलाहरुलाई शिक्षीत बनाउनमा ठुलो योग्दान गर्दैआएको बताए । बचत गर्ने बानी बसालेका महिलाले सस्तो व्याज दरमा क्रण लिएर रोजगार गर्दैआएको छन । पहिला घरका दुबैले रोजगार गर्दैनथे तर २१ औ सतावदीमा महिला र पुरुष दुबै रोजगार तर्फ अग्रसर भएका छ र यो पक्ष परिवारको उन्नतिको मुख्य द्धार पनि रहेको साथै दमन र शोषणबाट बाच्नलाई बचत गर्ने बानीको विकास गर्न अपरिहार्य रहेको वहाँले बताए ।

 

 

देशभरमा ३५ हजारभन्दा बढि सहकारी संस्था दर्ता रहेका छन । यस संस्थाले दुई लाखभन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी दिदैआएको संस्थाका अध्यक्ष गोपाल सिंह कडेलले कार्यक्रम विच बताए । 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका वडा ७ का वडा सदस्य सिता उप्रतिले प्रदेश सरकारले सहकारीका विभिन्न पुर्वधार निर्माणका लागि उपल्लबध गराउदै आएको अनुदान नदिने भनी गरेको निर्णय पालिकाले सच्याउनुपर्ने अत्यन्त जरुरी रहेको बताइन ।

यस संस्थाले उत्कृष्ट बचतकर्ता ७ जनालाई सम्मानित गरेको छ । सम्मानित हुनेमा लक्ष्मण सहनी , नाजमा खातुन, राजेन्द्र लामिछाने, शिला देवी कलवार, दिपेन्द्र केसरी, शहिद स्मार्क एकडमी परिवार, टाम प्रसाद अधिकारीलाई सम्मानित गरेको छ । 

यसै गरि ७ उत्कृष्ट ऋणीलाई पनि कार्यक्रम विच सम्मानित गरेको छ । सम्मानित हुनेमा नथुनी देवान, मन सहिद अंसारी, श्याम बाबु चौरसिया, जरिना खातुन, हरिन्द्र प्रसाद यादव, धनमाया भण्डारी सत्यन्द्र कुमार रहेका छन । 

पालिकाको विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको समाचार सम्प्रेषण गरी नागरिकलाई शुसुचित गर्ने कार्य गरेको भन्दै यस संस्थाले कदर स्वरुप जितपुरका श्याम गुप्ता र अनिल तिवारीलाई सम्मान गरेको हो ।

कार्यक्रमको सहजिकरण यसै संस्थाका सह–प्रबन्धक आत्माअधिकारीले गरेका थिए भने स्वागत मन्तब्य सिता उप्रेती, सहकारी बैँक सिमराका शाखा प्रमुख सुरेश लागे, डमरु कार्मी, देवनारायण चौधरीले दिएका भने कार्यक्रमा वडा ३ का वडा अध्यक्ष तारा बहादुर कार्की,वडा ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहा, वडा २४ का सुलतान अंसारी, समाजसेवी देवनारायण चौधरी, समाजसेवी रमन चौधरी, समाजसेवी डमरु कामी लगायत अतिधि एवम संचारकर्मीहरुको सहभागिता रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *