रोशन गुप्ता बारा, ०८ आश्विन हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिमरा स्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित उक्त साधारण सभाको उदघाटन १०१ वर्षीय नोककृष्ण मुल्मीले गरेका थिए ।
जितपुरसिमरा नगरउधोग वाणिज्यका पुर्व अध्यक्ष संजय साहले सरकारीहरु सरकारको निति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरुलाई मदत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा अर्थिक समृद्धिका लागि ठुलो योग्दान गर्दै आएको उनको भनाई थियो ।
जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले सहकारी संस्था संग हातेमालो सहित उचित सहयोग गर्नेमा कहिले पनि पछाडी नरहने बताए । पालिका कै उच्च प्रगतिको लागि विभिन्न योजनाहरु बनाउदै गरेको वहाले बताए ।
यस कर्यक्रममा सिमरा कलेज, डुमरवाना बहुमुखी क्याम्पस , नेपाल राष्ट्रिय माध्यमिक विधालय सिमरा, जनता माध्यमिक विधालय राजघटा, जनजागृति माध्यमिक विधालय पथलैया लगाएत विधालयका बालकालिकाले सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजिकरण सचिव दिपक भटले गरेका थिए भने स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष संजय साहले राखेका थिए । कार्यक्रममा वडा १ का वडा अध्यक्ष गुरुङ, वडा २२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ ,नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघका सञ्चालक श्री हरेराम पटेल, जीतपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपलिकाका पुर्व प्रमुख डा.कृष्णा पौडेल, जीतपुरसिमरा उपमहानगरपलिकाका प्रमुख राजन पौडेल, प्रदेश सभा नि.वर्तमान सांसद शोभा लामा, प्रदेश सभा नि.वर्तमान सांसद सुन्दर बहादुर बिश्वकर्मा लगाएतले कार्यक्रमा शुभकामना मन्तब्य राखेका थिए ।