काठमाण्डौ महानगरपालिकाको टुकुचा उत्खन्न नरोकिने

रोशन गुप्ता
बारा, ०३ असोज

काठमाडाँै महानगरपालिकाले टुकुचा खोला उत्खन्न नरोकिने भएको छ । आज हात्तीसर–कमलपोखरीको क्षेत्रमा पालिकाले उत्खन्न कार्य जारी नै राख्ने भएको छ ।

केही दिन अगाडी यसै पालिकामा अवस्थित जय नेपाल सिनेमा हल परिसरमा उत्खन्न गरेपछि भुमिगत अवस्थामा टुकुचा फेला भएको थियो ।

 

भुमिगत रहेको टुकुचा खोला पार्दशित गरिने आदेश काठमाडौ महानगरपालिकाका नगर प्रहरी बलका प्रमुख नगर उपरिक्षक राजु पाण्डेले SLFखबरलाई बताएका छन । चाईनाको मोडलमा रातारात काम हुन्छ, हामी अगाडी बढिसकेको छौ पछि अब हटने छैन । अब सुत्ने समय होइन, उठने बेला हो ।

 

 

 उच्च अदालत पाटनले आईतबार टुकुचा खोलामाथि बनेको भौतिक संरचना हाल नभत्काउन आदेश दिएपनी महानगरले भने टुकुचा खोला अत्खन्नको प्रक्रियामा पुर्ण विराम लगाएको छैन । टुकुचा खोला माथी निर्माण भएको संरचना भत्काउन थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले उच्च अदालतमा रिट दायर गरी अन्तरकालीन आदेश गराएका थिए । 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *