वडाको निजि खर्चमा काटामा बस विसौनी व्यवस्थापन गरिदै, स्थानियलाई रोजगार उत्पन्न हुने

रोशन गुप्ता
जीतपुर, २ असोज
/
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –७ जीतपुरमा वडा अध्यक्षको निजि खर्चमा बस बिसौनी व्यवस्थापन गरिदै ।


चाँडपर्व नजिक भए सँगै जितपुरको तरकारी बजारको चौकमा गाडीहरुको ताती नै हुन्छ र त्यस अवस्थामा स्थानिय तथा टाठा बाट आएका खरिदाहरुलाई ठुलो सम्स्या भइरहेको हुन्छ । बजारको चौकमा भिडभाड नहुन दिनको लागि सिटी राईड र मैजिक भैनलाई यसै बस बिसौनीमा व्यवस्थीत गरिने वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।


हामी निर्वाचित भएको दिन देखिनै बजार बाट उत्पन्न भएको फोहोर लाई व्यवस्थापन गदै आएको छौ । हिन्दुहरु को महान चार्ड पर्व नजिकिए सँगै हामीले टोलटोलमा वडा अध्यक्ष ज्युको निजि खर्चमा सरसफाई अभियान गदैआए वडा सदस्य निरुलाह अंसरीले बताएका छन ।

 


धेरै वर्ष पहिला काटामा उखु नापतौल गर्नको लागि अफिस व्यवस्थापन गरिएको थियो हालको अवस्थामा अफिस पुरै जिर्ण भएको छ । जिर्ण भएको कार्यालयमा बालबालिकाहरु धुम्रपान गर्ने गरेका छन भने फोहोर नै फोहोरको कारणले त्यस क्षेत्रनै दुर्गन्धित बन्दै आएको वडा स्दस्यले बताए ।

जिर्ण भवन तथा अगाडीको झोपडीलाई हटाई बस विसौनी व्यवस्थापन गरिने छ । यसको कारणले गर्दा त्यहाँका स्थानियको लागि रोजगार उत्पन्न हुनेछ राज्यको लागि कर दाता पनि थपिने स्थानिलयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *