बाराको क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।
नेकपा एमालेबाट बारा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य उम्मेदवार समाजसेवी चौधरीले आज बंजरियामा जनताहरु सँग भेटघाट तथा छठपर्वको शुभकामना आदान प्रदान गरेका छन ।
विज्ञापन
“सुर्यलाई छाप देवनारायण जिन्दाबाद” भन्ने मुल नाराका साथ समर्थक तथा मतदाताहरुलाई सुर्य छापका सबै उमेदवारलाई सबै छेत्रबाट भारी मतले विजयी बनाउन चौधरी अपिल पनि गरे । नागरिकले अनुभवी तथा शिक्षा को उचित भिजनभएकोले मतदाताको मन र मत आफुलाई पाउने चौधरीको विश्वास रहेको छ ।
विज्ञापन
घरदैलो कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ता प्रदेश सदस्य सुनिल पाल, निर्वाचित वडा अध्यक्ष ईस्लाम मंसुरीलगाएतका नेताहरुको सहभागीता रहेको थियो ।