जीतपुरसिमरामा, उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्मन्न

रोशन गुप्ता 

बारा, १४ कार्तिक /

आज विहानको उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन भएको हो । पञ्जमी तिथिका दिन मंगलवार “खरना” विधि सम्मपन्न गरेदेखि व्रत बसेका बर्तालुले आज सप्तमीका दिन विहान देखी उदाउदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ पर्व सम्मपन्न भएको हो । 

जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा करिब ६ बजेर २१ मिनेटमा समयमा सूर्यदय भएको छ । चतुर्थी देखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन रातो र पहेलो रंगले सजिएको उदाउँदो सुर्यलाइृ अर्घ दिई पुजाअर्चना गरी पर्वको समापन भएको परम्परा रहेको छ ।

यस पमालिकामा बर्तालु सुर्यदय हुनु एक घडीपुर्व देखि नै कम्मर सम्म डुब्ने पानीमा छठ मताको गित संगितबाट सुर्यलाई अर्घ दिइने गरेका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *