चुनाव नजिकिए सँगै भारतले धानमा लागाएको भन्सार शुल्क हटायो

रोशन गुप्ता 

बारा, १६ कार्तिक /

चुनाव नजिकिए सँगै भारतले धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । अब भारतले नेपाललाई निर्यात गर्ने धानमा पुनः भन्सार नलिने भएको छ ।लाई

कृषी प्रधान देश भनिने राष्ट्रले भारत बाट निर्यात गर्ने धानमा भदौ २३ गते २० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेको थियो । भारतले सुचना जारी गरे लगतै वीरगंज उधोग वाणिज्य संघले विरोध जानएको थियो ।

धान मा लग्ने शुल्क बारे संघले भारत तथा नेपालको सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएका थिए । भारतबाट नेपाल निर्यात गदौ आएको धान करिब ५५ दिन देखि २० प्रतिशत भन्सार शुल्क लिदैआएको तर २० प्रतिशत भन्सार शुल्क हटाए सँगै चामल उधोगीलाई राहत भएको छ ।

भारतले धानमा शुल्क त हटायो तर ६ लाख मेट्रिक टन भन्दा बढी निर्यात गर्न नपाउने शर्त निर्धाण गरेको छ । ६ लाख मैट्रिकटन धान निर्यात गर्न पाउने भएपछि नेपाल चामल, दाल, तेल संघका अध्यक्ष सुवोधकुमार गुप्ताले खुशी व्यक्त गरेका छन । भारतबाट चामल आयात गर्न पाउदा उपभोक्ताले उचित मुल्य अर्थात सस्तो मुल्यमा चामल खरिद गर्न पाउने गुप्ताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *