बारा क्षेत्र नम्बर ४ मा एमालेका प्रतिनिधि सभा सदस्य रामएकबाल मियाँ तथा प्रदेश सभा सदस्य उमेदवारलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले बनजरियामा भव्य स्वागत गरिरहेका छन ।
मत माग्न घरदैलोमा पुगेको क्रममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा मियाँ र चौधरीलाई मतदाताहरुले आफै स्वागत गदैँ यसपालि सर्यलाई भारी मतका साथ विजयी बनाउने बनजरियाका मतदाताले बताएका छन ।
अन्य दलका नेताहरु देश प्रेमी भन्दा कुर्सी प्रेमी रहेकोले यसपाली सुर्य उमेदवारहरुलाई आफुहरुले जिताउने पसौनी गाँउपालिका–७ बन्जरियाका मतदाताहरुको भनाई रहेको छ । यसै क्षेत्रका माटोमा पलेका हुर्केका प्रतिनिधिले मात्र यहाँको पिडा मर्का बुझन सक्छ अन्य ठाँउबाट आएका जो कोहीले यहाँको पिडा बुझन सक्दै भन्दै चौधरीले जनताहरुलाई आग्रह गरेका छन ।
शनिवार बिहानको घरदैलोको कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उमेदवार नेताको सहभागीता र कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।