बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उमेदवारी दिएका इच्छावहादुर वाग्लेलाई बहुवरिमा चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरेका छन ।
मत माग्न घरदैलोमा पुगेका वाग्लेलाई मतदाताहरुले आफै स्वागत गदैँ यसपालिका ठगबन्धलाई भोट नदिने बताएका छन । शनिवार गण्डक बहुवरीमा पुगेका स्वतन्त्र उमेदवार वाग्लेलाई भारी मतले विजयी बनाउन स्थानिय युवाले टिका अविर लगाइ जितको अग्रीम शुभकामना दिदै स्वागत गरेका छन ।
यस पालिको चुनावमा ठुला–ठुला पार्टीको चक्करमा हामी अब फसनेवाला छैनौ, यस पलिको चुनावमा स्वतन्त्र उमेदवार लाई नै भारी मतले विजयी बनाउने बहुअरिका मतदातहरुको भनाई रहेको छ । मतदातासँग भेट्दै स्वतन्त्र उमेदवार उमेदवारी दिएका इच्छा वाग्लेले जनताको पीर मर्का बुझने नेताहरुलाई नै चुन्ने आग्रह गरे ।
“चापाकल मे मोहर लगाना है इच्छा भैयाको जिताना है” नारा का साथ शनिवार जनताहरु बिहान घरदैलो कार्यक्रम भएको थियो ।