जीतपुरमा डेंगुको जोखिम, ५७ जनाको मृत्यु

रोशन गुप्ता  

बारा, २७ कार्तिक /

जीतपुरमा डेंगुको जोखिम दैनिक बढदो क्रममा रहेको छ । यस बाट आफु सतर्कता अपनाउनु पर्ने आग्रह समेत चिकित्सकहरुले बताउदै आएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरी ५१ हजार १७७ डेंगु रोगबाट संक्रमित भएका छन, जस मध्ये काठमाडौमा मात्र १३ हजार ७८७ जना संक्रमित भएका छन ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका को राजधानीसहर  जीतपुरको क्षेत्रमा डेगुको जोखिम बढदै गएको छ । हाल सम्म बाराका अस्पतालमा डेंगु संक्रमित ३०३ बिरामी पुगेका छन । यसै गरि जीतपुरमा २ जना डेंगु संक्रमित भई मृत्यु भएका छन ।

स्थानिय निर्वाचन २०७९ को निर्वाचन बाट निर्वाचित भएर आएका नगरप्रमुख राजन पौडेल को लापरवाहीको कारणले गर्दा जितपुरबजार बाट उत्पन्न भएको तथा गाँउको फोहोर उठाउने नभएको कारणले गर्दा डेंगुको प्रकोप बढदै गएको जीतपुरका स्थानियले बताएका छन । यसै पालिकाको सबै वडा भन्दा बढि कर तिर्ने जीतपुर हो तर नगरप्रमुखले विकास मात्र सिमरामा गरेको स्थानियले आरोप लगाएका छन ।

देशैभरी संक्रमितमध्ये ५७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यो संख्या अझै बढनसक्ने चिकित्सकहरुको अनुमान रहेको छ । मृत्यु हुनेहरुमा स्वास्थ्य अवस्था धेरै जटिल भएपछि मात्र उपचारको लागि अस्पताल आउनेहरु रहेका जिल्लाका विभिन्न अस्पतालले जनाएको बताए । संक्रमित भई मृत्युहुनेमा ५ वर्ष भन्दा माथि उमेरका व्यक्तिहरु रहेका छन ।

डेंगु संक्रमित भएको कसरी थाहाँ पाउने

असाध्यै पेट दुख्नु

निरन्तर बान्ता आउनु

रगतमा प्लेटेलेट्सको संख्यामा कमिहुनु

कलेजो सुन्निनु

पेट र छातीमा पानी जम्मा हुनु

गिजा र नाम लगायतका स्थानबाट रगत आउनु 

यस रोगबाट आफुलाई कसरी बचाउने 

यो रोगबाट आफुलाई बचाऊनु भनेको लामखुटेको टोकाइबाट बचनु हो । लामखुटे उत्पन्न हुने ठाँउ जस्तो पानी जम्मा हुने ठाँउलाई निरन्तर सफा राख्नु पर्ने हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *