सरकारले प्रदान गर्दै आएको निःशुल्क डायलसिसको लापरवाहीले लियो ४ महिनामा ३३ जना ज्यान

रोशन गुप्ता

बारा, १९ मंसिर / 

कोहलपुर को ४० वर्षीया वनकटाकी सेती थारुलाई ३ वर्षदेखि मिर्गौलाको समस्या रहेको थियो । उनको उपचारको लागि उनका परिवारजनले नेपालको छिमेकी राष्ट्र भारतको विभिन्न ठाँउ सहित नेपालको राजधान काठमाडौँका विभिन्न अस्पतालको चौतार ध्याउनदै दिक्क भए । उपचारको लागि विभिन्न ध्याउर्दै गर्दा उनको डायलसिस गराउने समय भइसकेको हुने गर्दथ्यो ।

सरकारले प्रदान गर्दै आएको निःशुल्क डायलसिस सेवा कोहलपुरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले समयमा उपल्बध नगराएको खण्डमा कात्तिक ११ गते उनी दुनियाँ बाट विदा लिइन, उनको परिवारको दावी रहेको छ । 

यस्तै बर्दियाका जिरिस मान चौधरी २०७५ सालमा उपचार गराउन काठमाडौँमा उपचार गराउन गएका थिए तर उपचारको क्रममा उनको मिर्गौैलामा समस्य भएको जानकारी पाए लग्तै, वहाँ आफनो परिवार सदस्य सहित करिब ३ वर्ष देखि कोहलपुरमा नियमित डायलसिस सेवाको लागि डेढा लिएर बस्न थाले । तर जब उनको डायलसिस को पालो आयो त्यही बेला नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको मेसिनमा समस्य देखा पर्दछ, अस्पतालको व्यवस्थापन बाट जानकारी लिदा विगत ७ दिन देखि मेसिनमा समस्या भएको कारण कारण देखाइयो । चौधरीले निजी अस्पतालमा डायलसिस गराउने भने करिब ८ हजारको खर्च तिर्नुपर्ने हुन्छ जुन उनीहरुको पहुचमा नभएको कुरा हो । डायलसिस भएर चौधरीको मृत्यु भएको उनको श्रीमति रुपरानी चौधरीले यसएलएफ खबरलाई बताइन ।

दर्शक बिन्द तपाईहरुलाई जानकारी गराईदी हालौकी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मात्र डायलसिस सेवा समय मा नपाएर चौधरी र थारु जस्ता ३३ जनाले संसार अथवा आफनो परिवार संग अलबिदा लिइ सकेका छन ।

अस्पतालको तथ्यांकको अनुसारले हेर्नेहो भने साउन देखि डायलसिस सेवामा समस्या भएको कारणले बिरामीहरु अकालमै मृत्यु हुने गरेको देखाउन छ । साउन अघि डायलसिस गराउने बिरामीको संख्या ५७ रहेको थियो भने डायलसिस सेवा अवरुद्ध भएपछि त्यो संख्या करिब १८ मा सिमित रहेको डाटाले देखाउ छ ।

तर दर्शक बिन्द अस्पताले सेवामा रोक लाग्नु मेसिन लाई दोष दिरहेका छन भने यथार्थ कुरा भने केही फर्क रहेको छ । मेडिकल कलेजले निजी कम्पनी बिरंग हेल्थ केयर प्रा.लि सँग संम्झौता गरी भदौ २०७७ देखी सेवा प्रदान गर्दैँ आएको थियो । निजी कम्पनीले सम्झौता अनुसार अघिल्लो वर्षदेखि भुक्तानी नपाएर निजी कम्पनीले सेवा थप गरेको यसै निजि कम्पनिका म्यानेजर शिशिर साह बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *