जीतपुरमा शिव शक्ति द्धारा गरिबलाई न्यानो उपहार

रोशन गुप्ता

जीतपुर, २८ मंसिर

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को वडा ९ छातापिपरामा स्थित शिव शक्ति प्रा.लि ले शितलहर प्रभावित बिपन्न परिवारलाई न्यानो व्लेकेट १०० जनालाई प्रदान गरेको छ ।

शितलहर प्रभावित गरिब तथा बिपन्न परिवारलाई फाइबर ब्लेकेट तथा सिरक शिव शक्ति प्रा.लि का जेनरल म्यानेजर द्धारा प्रदान गरिएको  वडा ७ का वडा सदस्य सिता उप्रेतीले बताइन ।

प्रदेश सभा सदस्य माननीय देवनारायण चौधरीको प्रमुख उपस्थितिमा आयोजना भएको कार्यक्रममा वडा सदस्य नविन मैनाली ,जीतपुरसिमरा नगर उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज कुमार गुप्ता, नेता बिन्देश्वरी साह कलवार, नेता अनिल कुमार साह र युवा रामजी साह कलावर को उपस्थिपति रहेको थियो ।

सो अवसरमा बोल्दै बृद्धबृद्धाहरुले जाडोमा कठयागिएर बसिरहेको अवस्थामा न्यानो कपडा पाउँदा धेरै नै राहत उपल्बध भएको प्रतिक्रिया दिएका छन । तराईमा अत्यधिक चिसो र सितलहरका कारण जनजीवन प्रभावित भईरहेको अवस्थामा शिव शक्तिले स्वतस्फूत रुपमा वडाको कार्यालयमा न्यानो उपल्बध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *