नेपालमा रुसबाट आउने प्रयटक युक्रेनभन्दा बढी

रोशन गुप्ता

बारा, २० पुस / 

युक्रेन र रुस दुबै देशमा विच विश्व युद्ध करिब १ वर्ष देखि चल्दै आएको छ । यसै विचमा नेपाल पर्यटन बोर्डको तथ्याक देखने हो भने सन २०२२ मा १०१८ पर्यटक नेपाल भ्रमणमा आएको देखन सकिन्छ ।

विभिन्न देशबाट सन २०२२ मा प्रयटक ६ लाख १४ हजार १४८ जना भित्रीएको तथ्याकले देखाएको छ । रुसको कारणले गर्दा अशान्त बन्दै आएको युक्रेन, युक्रेनीहरु नेपाल आउने संख्या बढेको विषलेषकहरुको बुझाई छ ।

नेपाल पर्यटक बोर्डको तथ्याक्ले १ वर्ष भित्र रुसबाट आउने सख्या ६ हजार ५३८ रहेको जनाएको छ । तथ्याक अनुसार युक्रेन भन्दा रुस करिब ५ हजार भन्दा बढी रहेको छ । यो संख्या कुल पर्यटक आगमनको मध्ये नजरमा हेर्नेहो भने १ दशमलव ०६ प्रतिशत हुनेछ ।

नेपालमा सबैभन्दा बढी प्रयटक कुन राष्ट्रबाट आउने गरेका हुन्छन भने कुरा तपाई सोचदै हुनुहुन्छ होला होइन, नेपालमा प्रर्यटक को रुपमा सबैभन्दा बढी युरोपेली मुलुक मध्ये बेलायत अग्रस्थानमा रहेको छ । त्यसै गरी दोस्रो स्थानमा जर्मनीका नागरिक रहेका छन भने तेस्रो स्थानमा फ्रान्स रहेको छ । यस वर्षको तथ्याक हेर्नेहोभने यस मुलुक बाट १६ हजार ८ सय ९६ जना प्रर्यटक रहेका छन ।

तर विश्वको तथ्याक अनुसार नेपालमा सबैभन्दा बढी प्रर्यटक भारत बाट आएका छन भने दोस्रो स्थानमा बंगलादेश र अष्ट्रेलिया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *