बारा, १९ चैत्र
रोशन गुप्ता /
प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर–२ उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीलाई सघाउने भएको छ । जसपाले पार्टीका उपेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेको जानकारी पार्टीका सहमहामन्त्री जीवन परियाले SLF खबरलाई बताएका छन ।
मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सपतरीको क्षेत्र नम्बर २ बाट उमेदरवारी दिएका जसपा का अध्यक्ष उपेन्द्र यादव लाई जनमत पार्टीले भारी मतान्तरले पराजित गरेको थियो । जनमत पार्टीका चन्द्र कान्त राउत भन्दा १८ हजार ६३ मतन्त्ररले यादव पराजित भएका थिए ।
मंसिर ४ गते भएको निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी बाट उमेदवारी दिएका रामसहाय प्रसाद यादवले माओबादी पार्टीबाट उमेदवारी दिएका शिवचन्द्र प्रसाद कुश्वाहाँलाई ३ सय ५४ मतान्तर का साथ पराजित गरेका थिए । मंसिर ४ को निर्वाचनबाट निर्वाचित यादव उपराष्ट्रपति भए संगै बारा क्षेत्र नम्बर २ को ठाँउ खाली भएकोले उपनिर्वाचन हुने भएको हो ।
बारा जिल्लामा यादवलाई सघाने कांग्रेस, माओबादी केन्द्रलगायतका सत्तारुढले निर्णय गरिसकेका छन । हाल नेपालको ३ जिल्लाको क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । बारा क्षेत्र २, चितवन क्षेत्र २ र तनहुँ १ मा २०८० बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । यही २० गते सोमबारका दिन मनोनयन दर्ता गर्ने चनावी कार्यतालिका रहेको छ ।

