वडा द्धारा सुत्केरी महिलालाई पोषणयुक्त आहार अण्डा वितरण

रोशन गुप्ता

बारा, २३ चैत्र / 

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–३ ले आफ्नो वडामा भएका सुत्केरी महिलालाई पोषणयुक्त अण्डा वितरण गरेको छ । 

महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार वडावासीलाई उपल्बध गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७९–८० बाट सुत्केरी महिलाका लागि उक्त सुविधा आरम्भ भएको वडाध्यक्ष तारा कार्की बहादुर क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, सुत्केरी महिला र बच्चाको स्वास्थ्य मा राम्रो प्रगति होस भने हामीले हालको लागि अण्डा वितरण अभियान संचालन गरेको छौ भोलीको दिनमा अन्य पोषण युक्त अहार वडा बाट उपल्बध गराने छौ ।

उक्त वडाले आफ्नो वडा क्षेत्र भित्र बसोबास गरेका प्रत्येक सुत्केरी महिलालाई दिन को दुई वटा गरी ३० पिसको एक करेट अण्डा वितरण गर्ने सुरुवात गरेको छ । बजेटको अभाव भएपनि वडाले सुत्केरी महिलाहरुलाई लक्षित गर्दै अण्डा वितरण  गरेकोले स्थानियवासी धेरै खुशी रहेको ज्योति लामाले बताउनुभयो । वहाँले भन्नुभयो, वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्ने मिल्ने छ । 

 वडाले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुप्याउनुपर्ने कुराबारे चेता फैलाउने कार्य निरन्तर गर्नु पर्ने बताउनुभयो । वहाँले गर्भवती महिलाले ९ महिनाको अवधिमा ४ पटक सम्म स्वास्थ्य जाच अनिवार्य रुपमा गर्नु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *