एमालेको पर्सौनी–७ को ग्रासरुट अभियान सम्पन्न, फोटो फिचर सहित

बारा, १६ चैत्र

रोशन गुप्ता /

नेकपा एमालेले हाल सन्चालनमा रहेको सङठन सुदढीकरणका लागि मिसन ग्रासरुट अभियान अन्तरगत पर्सौनीको वडा –७ बन्जरियाको बैठक सम्पन्न भएको हो । 

बैठकमा एमालेका मधेश प्रदेश कमिटी सदस्य सुनिल पालले निर्वाचनमा पार्टी ब्यहोर्नु परेको परिणाम, पार्टीको वर्तमान अवस्था, पार्टीले भोग्नुपरेको घेराबन्दी र पार्टीको सांठनिक अवस्थाका साथै अब पार्टीले अबलम्बन गर्नुपर्ने रणनीतिका बिषयमा बोलेका थिए । 

बैठकलाई सम्बोधन गर्दै मधेश प्रदेश कमिटी सदस्य मनोज पौडेलले “मिसन ग्रासरुट” अभियानले पार्टीलाई सदुढ र विस्तारित बनाउनाका साथै आगामी निर्वाचन तथा हालको बारा–२ को प्रनिनिधि सभा सदस्य उमेदवारको निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउनु भएको छ ।

यसैबिच, अभियानअन्तर्गत बुधबार पर्सौनी गाउँपालिका वडा नंम्बर ७ मा अभियान सम्पन्न भएको छ । बैठकमा पर्सौनी गाउँपालिका का वडा अध्यक्ष राजेश पालले पार्टीलाई सिध्याउन चौतर्फी घेराबन्दी गरिएको भन्दै उहाँले एमाले जनताको प्यारो पार्टी भएको कारण विपक्षीको सपना कहिल्यै पनि पुरा नहुने बताउनु भयो । एमाले राष्ट्रिय स्वाधिनताको लागि लडेको र अगामी दिनहरुमा पनि लडिरहने पार्टी भन्दै जनताले एमालेलाई फेरी काँखी च्यापन्ने बताए  ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले जनतासँग पार्टीलाई जोडने अभियान नै मिसन ग्रासरुट भएको बताउनुभयो । मिसनग्रासरुटले जनता र पार्टी सँगको सम्बन्धलाई जीवन्त राख्ने महत्वपुर्ण भुमिका खेल्ने हुदा यसको सफल सफल कार्यान्वयन नै अबको आवश्यकता भएको बताउनुभायो ।

सुचना पालिकाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *