रोशन गुप्ता /
बारा, ७ चैत्र
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जय नरायण चौधरीका ३० वर्षीय छोरा उपदेश चौधरीको सरिरभरी करेन्टलगेर मकै बारीमा मृत्यु भएको छ ।
बिहान करिब ६ बजे खेत तर्फ दिशा गर्न गइरहेको बेला वहाँलाई करेन्ट लागेको थियो । जङ्गली तथा घरपालुवा जानवर बाट खेत नस्ट भएर दिक्क भई वहाँले पुरै मकै खेतलाई घरबाट विधुत ल्याई खेतलाई जिआई तारले घेरबन्दी गरेको थिए । त्यही करेन्ट प्रभावमा परि उनको मृत्यु भएको हो ।

दिपनारायणले खेतमा नियम विपरित मकै खेतमा करेन्ट प्रवाह गरेको थिए । त्यो गैरकानुनी हो र त्यसो गरि खेतलाई सुरक्षीत गर्ने कसैलाई सरकारले अधिकार दिएको छैन भन्ने वडा ज्युको भनाई रहेको थियो । मृत्यु भएको खबर पाउने वितिकै वडा–५ का वडा अध्यक्ष मोहित चौधरीले प्रहरीलाई जानकारी गराएका हुन । यसो खेतलाई सुरक्षा न गर्न वडा वासिहरुलाई आग्रह पनि गरेको हुन ।
गैरकानुनी तरिकाले खेतलाई सुरक्षा गर्ने अभियोगमा दिपनारायण चौधरीलाई प्रहरी हिरासतमा लिइ आवश्यक कारवाही अगाडी बढाएको जानकारी ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।

