रोशन गुप्ता /
बारा, ७ चैत्र
बाराको जितपुरसिमरा उपमहानगरपालिका को राजधानी शहर जितपुरमा सडक समयमा बनाउनको लागि पटक पटक सडक जाम गरेपनि, पथलैया–विरगंज सडक विभागले चासो नदिएको कारण जितपुरका व्यपारी मर्कामा परेको युवा नेता, जिल्ला सदस्य सुनिल कुमार गुप्ताले बताएका हुन ।
जीतपुर–७ मा पर्ने सम्पुर्ण व्यपारी, वडा प्रतिनिधी , समाज सेवी , बुधिजिवी तथा नेताहरुलाई एक जुट भएर यस बन्दीलाई सफल पार्रौ । यही चैत्र १८ गते जितपुरको मेन रोडमा भेला भई सबैले यस बन्दीलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गुप्ताले गरेको हुन ।

धुलो प्रदुशनले गर्दा अनेकौ प्रकारको रोग नित्याउने र यस बाट क्यान्सर सम्म हुने सम्भावना अत्येधिक भएकोले सबैले मास्क तथा पुर्ण रुपमा आखा छोप्ने चसमा प्रयोग गर्न गुप्ताले आग्रह गरेको हुन । धुलो प्रदुशनले गर्दा जितपुरका व्यपारी तथा बाहीर बाट समान खरिद गर्ने तथा बिक्री गर्ने आउने मानिसहरुलाई आँखामा पनि सम्स्या धेरैलाई हुन गरेको, यहाँ का स्थानियहरुको भनाई रहेको छ ।

