सिटीइभिटीको परीक्षाको चिट बनाउने ५ जना प्रहरीको फन्दामा

बिपना शर्मा /
बारा, ६ चैत्र
सिटीइभिटीको परीक्षाको चिट बनाउने ५ जना फोटोकापी पसलेलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । परीक्षामा अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा संस्थागत रुपमा तयार पारिएको चिट फेला पारेपछि विद्यार्थीहरुले भनेकै आधारमा तिनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार प्रश्नपत्र आउट नभएको तर परीक्षा दिने सम्पूणर् विद्यार्थीहरुसँग एकै प्रकारको सानो रुपमा तयार पारीएको चिट फेला परेपछि अनुसन्धानको लागि पाँच फोटोकपी पसलेलाई पक्राउ गरीएको हो । पसलबाट विभिन्न विषयको सोलुशनको सानो रुपमा तयार पारिएको मिनिमाइजहरु समेत बरामद गरिएको उनले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *