रोशन गुप्ता /
मुगु, ५ चैत्र
वर्षौ दिन देखि मुगको छायाँनाथ नगरपालिका–१ स्थित महाकाली नमुना विधालय श्रीनगरमा शौचालयको अभावको कारणले गर्दा बालबाललिकाहरुलाई अत्यधिक सम्सया हुने गरेको कारणले गर्दा, यसै नगरपालिकाको उपमेयर द्धारा शौचालयको शिलान्यास गरिएको हो । यस कार्यक्रकममा उपमेयर द्धारा १० वटा युरिनल च्याम्बर तथा ८ वटा शुल्भ शौचालयको शिलान्यास गरिएको छायाँनाथ रारा नगरपालिका की उपमेयर सुन्तला रोकायाले बताएकी हुन ।

विधालयमा निमार्ण गर्नलागिएको शौचालयको कुल लगत १९ लाख ३५ हजार ७ सय ५६ रुपैया लाग्नेछ । युनिसेफ नेपालको आर्थिक सहयोग र छायाँ नेपालको सहयोगमा शौचालय निमार्ण हुनेछ । यसको साथै नगरपालिका भित्र रहेका २५ वटा विधालयमा खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्रधनका लागि शौचालय निमार्ण गर्ने योजनाको सम्झौता भइसकेको र त्यसकार्यलाई कार्यान्वयन भइरहेको संस्थापका परियोजना संयोजक मिनबहादुर रावलले जानकारी दिएको हुन ।

