स्थानियहरु र प्रहरी विच झडप, जगदम्बा स्टिल प्रा.लि

रोशन गुप्ता /
जितपुर, ४ चैत्र
जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरा स्थित जगदम्बा स्टिल प्रा.लि. मा स्थानियहरुले ताल्चा लगाएको प्रहरीले ताल्चा खोल्न जादा स्थानियहरु तथा प्रहरी बिच बिवाद भएको हो ।
यस भिडन्तमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नरिक्षक राजकिशोर साह तेली सहित ८ जना प्रहरी घायल भएको हुन । विरोध गर्ने स्थानीय ३ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
जगदम्बा स्टिल प्रा.लि. ले नयाँ मेसिन संचालनमा लयाए देखि स्थानियहरुको घर चर्किने सम्सया हुन थाले पनि स्थानियहरुले कम्पनीमा ताल्चा हानेको हुन ।

प्रहरीले स्थानिहरुको प्रदर्शन रोक्नुको साटो तालचा तोडेपछि विवाद उत्पन्न भएको थियो । कम्पनीले गोदाम भनेर संचालन गर्ने गरि राखिएको ठाँउमा नयाँ मेसिन संचालनमा ल्याएको कारण स्थानिहरुको घर चर्किने थालेपछि स्थानियहरुले सो गादामाको गेटमा तालचा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *