बारा जिल्लाका बजारहरुमा विषादी प्रयोग गरिएका आँप हरेक चौक–चौकमा

रोशन गुप्ता 

बारा, १६ जेष्ठ

बारा जिल्लाको हरेक चौक क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप बिक्री वितरण भइरहेको छ ।

स्थानिय निकाय अनुगमन नगर्दा व्यापारीहरु विषादी प्रयोग गरिएका आप खुलियामा बिक्री गरीरहेका छन । जनताहरुको स्वास्थ्य सँग खेलवाड गर्ने, समय भन्दा पहिला नै विषादी प्रयोग गरी बजारमा व्यपारीहरु बिक्री गरिरहेका छन ।

आप व्यवसायीहरु छिमेकी राष्ट्र भारतको खुला नाकाका कारण काँचो आँप नेपाल आयता गर्नेगरेका हुन्छन । काचो आम सस्तोमा भित्रयाउने र विषादी प्रयोग गरि समय भन्दा अगाडी नै बजारमा ल्याउने अनि अत्यधिक फाइदा व्यपारीहरुले गर्ने गरेका हुन्छन । 

 

चिकित्सकका अनुसार, विषादी (करवाइट) बाट पकाएका आप गुलियो हुनुको साथै अनेक प्रकारको रोग पनि निम्ताउने गरेको हुन्छ । हुन त बारामा कुनै नयाँ नौलो कुराहोइन, स्थानिय सरकारले मात्र नियन्त्रण शाखा निमार्ण गर्ने तर उनीहरुको गर्ने कार्य नामको लागि मात्र सिमित हुने गरेको कारणले जनताको स्वास्थ्य सँग खेलवाड हुने गरेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *