बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको ९ छाता पिप्रामा सडक ढलानको शिलान्याश गरिएको छ । मंगलबार बारा क्षेत्र न ४ क प्रदेश सभा सदस्य देवनारायण चौधरीले सडक ढलानको शिलान्याश गर्नु भएको छ ।
उक्त ढलान कार्य बिनोद चौधरीको खेत देखि राम टोल सम्म जाने बाटो सम्म गरिने ढलान उपभोक्ता समितिको अध्यक्ष बालदेव चौधरी बताएका हुन ।
प्रदेश सदस्य देवनारायण चौधरीको संसदीय कोष बाट १० लाख सहयोग रहने छ भने जनसहभागिता बाट १ लाख गरेर ११ लाखको उक्त सडक ढलानको शिलान्याश भएको हो ।
केन्द्रले बजेटमा कटौती गरेपनि विकासको लहर न रोकिने, सरकारले बजेटमा कटौती नगरेको भए विकासको गगां नै लहराउने थिऔँ । अगामी दिनहरुमा पनि क्षेत्र ४ को क मा बिकाश तथा शिक्षा क्षेत्रमा व्यापक परिवर्तनको खाचो रहेको हुनाले उदाउदो सुर्या जस्तै काम गर्ने प्रदेश सभा सदस्य देवनारायण चौधरीले शिलान्याश पछि क्ीँखबर लाई बताएका छन ।