कांंग्रेसको नयाँ सदस्य र नवीकरण असार १ गते देखि अनलाईन मार्फत भर्न सकिने

बारा, २५ जेष्ठ /

असार १ गते देखि नेपाली कांग्रेसको नयाँ सदस्यता वितरणलाई अनलाईन मार्फत गर्ने भएको छ । नयाँ सदस्यता तथा नवीकरण दुवै अन्लाईनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको पार्टीका महामन्त्री गगन थापाले बताएका छन ।

धनकुटाको जिल्ला सम्मेलन कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले पार्टीको गुट भत्काउनका लागि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लगिएको छ । अब अनलाईन मार्फत सबैले घरमै बसी कांग्रेसको सदस्यता असार १ गते देखि लिन सक्ने बताए ।

देशलाई परिवर्तन गर्नलाई सुरुमा कांग्रेस सुध्रिनु पर्ने धेरै जरुरी छ । कांग्रेस सुधार्नका लागि गुट भत्काृन धेरै जरुरी रहेको थापाले बताए । नेताहरु जनताहरु प्रति विश्वास गुमाए, उत्साह नभएको , आर्कषण विस्तारै विस्तारै घटेको सबैले मन्न गर्नुपर्ने थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *