बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर स्थित श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयको भवन निर्माणको लागि शुक्रबार शिलान्यास गरिएको छ ।
बारा क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेका हुन । विधालयमा कक्षा कोठा को अभावको कारणले नयाँ भर्ना लिन बन्द नै गरेको थियो । संस्दीय कोष बाट २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर ३ कोठे भवनको शिलान्यास गर्दै चौधरीले बिधालयको बृद्धि विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको सम्झौता नगर्न विधालयका प्रधानाध्यापकलाई निर्देशन समेत दिएका छन ।
साथै उनले उक्त भवनको निर्माणले गर्दा विधालयको भौतिक पुर्वधार विकास हुने र यसले विधालयको पठनपाठनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे ।