बारा, २८ जेष्ठ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –३ बजनीमा नेकपा एमालेको वडा कमिटी धेरै लामो समय पछि गठन हुन सफल भएको छ ।
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका ३ वडा कमिटीको गठन अध्यक्ष मण्डलको आतिथ्यतामा गठन गरिएको छ ।
भेलाले कमिटीको अध्यक्षमा शुक्र बहादुर श्रेष्ठ, उपाध्यक्ष दिनेस्वर चौधरी, सचिवमा निर्जल घिमिरे , सह सचिवमा टिका देबी बसनेत , सह सचिवमा राकेश लामा र त्यसै गरी सदस्यमा अमृत बहादुर खत्री, रामकुमार थापा, धन बहादुर तामाङ, पिन्के पाखृन , पसुराम पोखरेल, टोप बहादुर श्रेष्ठ , मदन भेतुवाल, कुल बहादुर थापा,ओम पौडेल , चीन बहादुर पाखृन , मिकमार दोङ्ग सागर , कुमार जिम्बा,सान्ती लामा ,सावित्री बिक, गणेश थपलिया , रामे दोङ्ग ,सोम माया पाखृन,क।यम खरेल , दुर्गा थापा , आरती चौधरी ,सम्झना बस्नेत , प्रेम खदका , तुलसीदेबि सिलवाल , मनोज खडका सहित २९ सदस्य वडा कमिटि बिस्तार गरि ११ सदस्य सचिवालय र १५ सदस्य सल्लाहकार कमिटीको समेत गठन गरेको जानकारी नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भरत बहादुर घले ले बताएका छन ।
नव गठित कमिटीलाई हार्दिक बधाईका साथै अगामी कार्यकाल सफलताको शुभकामना वडा ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले समाजिक संचालन मार्फत व्यक्त गरेका छन ।

