नेपाल सरकार द्धारा संचालित सबै सरकारी वेबसाइटको सर्भर डाउन भएको छ । देशका सबै पालिकाको सर्भर डाउन भएर अनलाईन मार्फत अत्यावश्कीय काम प्रभावित हुनुका साथै सेवाग्रहीहरुलाई सास्ती खेपनु परेको छ ।
जीओभी डट कम एनपी भएका डोमेनको सबस्टेसन र ट्रान्सफर्मरमा समस्या भएको कारणले सरकार मातहत सम्पुर्ण सर्भर डाउन भएका हुन ।
सरर्भर डाउन भएको कारणले पालिका को कामकाजमा असर भए सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसको असरले गर्दा उडान प्रभावित भएको अधिकारीले बताएका छन ।