राष्ट्रपतिबाट पारित भएका नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्ने भन्दै स्थगित

बारा, ५ असार /

राष्ट्रिपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता संशोधन ऐनसम्बन्धी रिट आदलतले हेर्न नमिल्ने भन्दै रिट स्थतिग भएको छ ।

यस अघि अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा नागरिकता संशोधन ऐनसम्बन्धी रिटको पेसी परेपछि हेर्न नमिल्ने भन्दै सो रिट स्थगित भएको छ । 

राष्ट्रपति पौडेलले तत्कालीन संघीय संसदका दुवै सदनबाट पारित भएर तत्कालीन राष्ट्रिपति विधादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरेका थिए । 

उक्त विधेयक प्रमाणीकरण विरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दर्ता गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *