यातायात कार्यालय धनगढीका कर्मचारी लिखित तथा प्रयोगात्मक परिक्षा बिना नै पास गराउने ३ कर्मचारी अख्तियारको फन्दामा परेका छन ।
कार्यालयका तत्कालीन प्रमुख लक्ष्मण शाही, सहायक कम्प्युटर अपरेटर नरेन्द्र कुमार कठरिया र कम्प्युटर अपरेटर पवन कुमार रावले आर्थिक वर्ष ०७८ ÷७९ मा भएको परिक्षामा फेलभएका परिक्षार्थीहरुलाई उत्तीर्ण गराएको र परिक्षा नै नदिएको परिक्षार्थीलाई प्रयोगात्मक परिक्षामा सामेल गराई लाइसेन्स वितरण गरेको पाईएको थियो ।
अख्तियारका प्रवक्ता भोला दहालका अनुसार, उनीहरुले ४ सय ६३ जनाको परिक्षाको नतिजा फेरबदल गरेको थिए । १८० परिक्षार्थी मध्ये १३ जनाको उत्तरपुस्तिकामा परिक्षकले दिएको प्राप्तांकलाई रिराइट, ओभरराईट समेत गरी पास गराउने सोचले सच्याएको पाइएको उनले बताए ।