बारा जिल्लाको फेटा गाउँपालिकाले १२ आँै गाउँसभा शनिवारको दिन आफ्नै परिसरमा समपन्न गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले अनुमानित बजेट ३५ करोड ६३ लाख ६२ हजारको बजेट प्रस्तुत गरेका छ ।
गाउँपालिकाले यहाँको शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन तथा भौतिक पूर्वाधार तर्फ प्राथमिकतामा राखेर बजेट छुटयाएको उहाँले बताउनु भयो ।
अपुरा योजनालाई जसरी पूरा बनाउन पालिका लाग्ने भन्दै यस तर्फ पनि बजेट प्राथमिकतामा राखेको पनि प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले कार्यक्रम बिच बताए ।
विहे २० वर्ष पछि गर्ने युवतीलाई पालिकाले २५ हजार सहयोग गर्ने गाउँपालिकाको निति तथा कार्यक्रममा व्यवस्था गरिएको छ । छोरीहरुलाई शिक्षा प्रति अक्रसित गर्ने हेतु पालिकाले २० वर्ष पछि विहे गर्ने युवतीलाई उपहार स्वरुप सहयोग गर्ने सिंहले बताए ।
कर्यक्रममा फेटा गाउँपालिका अन्तरर्गत पर्ने ७ औँ वडाका वडाध्यक्ष , वडा सदस्य , पालिकाका कर्मचारी , स्थानिय लगायत पत्रकारहरुको उपस्थिति रहेका थियो ।