फेटा गाउँपालिकामा आम जनतालाई लक्षित गर्दै आईटी आर्मीको ३ माग

बारा , १० असोज

बैदेशिक रोजगारीमा ठगिएका आम नेपालीको हकहित एव अधिकारको प्राप्तिको लागि अवाज उठाउने उदेश्यले आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मी गठन गरेको हो । 

बारा जिल्लाको फेटा गाउँपालिकाका अध्यक्ष रुसतम अंसारी ज्युलार्य ३ माग सहित ज्ञापन पत्र आईटी आर्मीले हस्तान्त्रण गरका छन । पहिलो माग गाउँपालिकाले शुन्य कर निति लागु गरोस अर्थात जनताबाट उठाउने प्रत्येक कर माफ गर्नुपर्ने त्यसै गरि दोस्रो माग गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महसुल निःशुल्क गर्नुपर्ने अनि त्यसै गरि तेस्रो माग गाउँपालिकामा भईरहेको सम्पूर्ण भागवण्डा निति बन्द होस पत्र उलेख गरिएको छ । 

सो कार्यक्रममा आई टि आर्मीका जिल्ला अध्यक्ष अजय पटेल, आम जनता पार्टीका बारा जिल्ला अध्यक्ष उमेश कुशवाहा , आम विधार्थी मोर्चा मधेश प्रदेश अध्यक्ष राकेश बैठा, आम जनता पार्टी नेता मदन साह, अमिका साह , रामनन्द साह , नरेश कुश्वाहा लगाएको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *