बारा, ११ असोज
कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकाको गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिट भएको कारणले गर्दा सैब कर्मचारी त्यहाँ वातावरण नभएको भन्दै करिब सबै कर्मचारी तराई तर्फ हिडेका छन । पालिकामा कर्मचारी नभएर काम ठप्प भएको छ ।
पालिकाले गाउँसभामा आईतबार कार्यालय सार्ने सम्बन्धी प्रस्ताव दुई तिहाइले पारित गरे लग्तै केही स्थानिय व्यक्तिले कुटपिट र हातपात गर्दै विरोधमा उत्रिएका थिए । पालिको वातावरण राम्रो नभएको भन्दै घटना लगत्तै धरै जना मोटरसाइकलमा त केही पैदल हिडेरै गाउँ छोडर्नु पर्यो । पालिकाको एक कर्मचारीले भने “सबै कर्मचारी कार्यालयको सेवा प्रवाह रोकिएको छ ।”
झडपमा वडा २ र वडा ७ का वडाध्यक्ष , उपाध्यक्ष कमल साउद सहित ६ जना घाइते भएका छन । हाल घाइते भएका सबैको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारीको अनुसार गाउँसभामा हाल सिमडी भन्ने ठाँउमा रहेको गाउँपालिकाको कार्यालय वडा –१ के भकुण्डो भन्ने ठाउँमा सार्ने प्रस्ताव पारित भएको कारणले स्थानिय अक्रोषित भएका थिए । स्थानियको विरोध गर्ने क्रममा प्रतिनिधि सहित कर्मचारी घाईते मात्र नभई नवनिर्मित भवनमा पनि छति पुगेको छ ।