बारा, १५ असार
बारा जिल्ला सहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएकाे छ । ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाईएकाे हो ।
दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमकाे आयोजना गरिएको छ । गत वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं २०६२ असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउँन सुरु गरिएको हो ।
असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आजकाे दिनमा धान रोप्ने चलन छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषि सहिँत सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दही चिउरा खाएर असार १५ मनाएका छन् ।
औपचारिक रूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघि देखि नैं नेपालमा असार १५ गते दही चिउरा खाने चलन चल्दै आएको थियो ।
साेहि अवसरमा बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर पहाडीटाेल स्थित लालबाबु प्रसाद साह कलवारकाे निजी खेतमा धान राेपाईं कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
असार १५ काे अवसरमा आयाेजना गरिएको धान राेपाईं कार्यक्रममा उपमहानगरमा पर्ने शहिद स्मारक ईङ्गलिस बाेर्डिङ्ग स्कुल जीतपुर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत सयाैंकाे संख्यामा छात्रछात्रा तथा शिक्षकहरूकाे उत्साह जनक सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा छात्रछात्रा र शिक्षकहरू तथा स्थानीयहरूले धान राेपाईं गरेपछि असार १५ गते खाने मुख्य भाेजन दही र चिउरा ग्रहण गरेका थिए ।