बारा, २४ जेष्ठ /
नेकपा एमालेका नेता तथा प्रदेश २ का बिधायक देव नरायण चौधरीले निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा–२२ को ड्राइभर डाडामा मेसिनरी वाल र सडक ढलानको सिल्यान्यास गरेका छन ।
आयोजना सम्पन्न गर्नकोलागि क्षेत्र विकास कार्यक्रमबाट ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सभा मन्जु थापा मगर, प्रदेश कमिटी सदस्य मनोज पौडेल, वडा अध्यक्ष शेखर रुम्बा , रविन्द्र खकुरेल, दिपेन्द्र लामा लगायत स्थानियको उपस्थित रहेको थियो ।
त्यसै गरी जितपुरसिमरा उपमहानगरपालिका –२१ अमलेखगन्जमा बिकास कार्यक्रम अन्तर्गत खानेपानी पाईपलाई संरक्षण गर्न ग्याबिङको पनि सिल्यान्यास चौधरी गरेका छन । ग्याबिडको निर्माण समपन्न गर्नलाई क्षेत्र विकास कार्यक्रम बाट २० लाख रुपैया विनियोजन गरिएको छ । यस कार्यक्रममा मन्जु थापा मगर, मनोज पौडेल, वडा अध्यक्ष शेखर रुम्बा , गोपाल घलान, गिता घले , रबिन्द्र खकुरेल, दिपेन्द्र लामा लगायत स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

