जितपुरसिमरामा गर्मी बढेसँगै विधालयको बिदा लम्बाइयो

बारा, २३ जेष्ठ /

विधार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाले बढदो गर्मीका कारण सार्वजनिक तथा संस्थागत विधालयको बिदाको समय लम्बाएको छ ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालित विधालयहरुमा बिदाको तालिका बढाइएको नगरपालिकाका मेयर राजन पौडेलले बताए । 

तराई क्षेत्रमा प्रचन्ड गर्मीको कारणले गर्दा विधालयमा पठनपाठनमा कठिनाई हुने र विधार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएको हुदा नगरले बिदा थपिएको हो । 

जल तथा मौसम विज्ञानका अनुसार तराईमा अझ केही दिन तातो हावा र लु लाग्न सक्ने सम्भावना रहेको हुँदा जेष्ठ २४ गते देखि २६ गते सम्म बिदालाई निरन्तरता दिएको मेयर राजन पौडेलले जानकारी गराए । 

यस भन्दा पहिला बढदो गर्मीकै कारणले नगरले जेष्ठ १८ गते देखि २३ गते सम्म बिदा दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *