काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको छ । महानगरपालिकाले १४ वटा विधालयका विधार्थीहरुलाई कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । सुचना तथा प्रविधिको बढदो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै महानगरले कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जानकारी प्राप्त भएको छ ।
डिजिटल एण्ड वियोन्ड को सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विधार्थीहरु कोडिङ सिकाउन थालिएको महानगर शिक्षाका शिक्षा अधिकृत सिताराम कोइरालाले बताएका छन ।
हाल सबै विधालयमा एक पटक संचालन गर्न सम्भव छैन, त्यसै कारणले गर्दा असार सम्म १४ वटा अनि त्यस पछि अन्यमा पनि संचालन गर्ने कोइराला बताउ छन ।
अहिलेको युग कम्प्युटरको युग भएको कारणले गर्दा विधार्थीहरुमा सीप, सिकाई गुणस्तर तथा आलोचनात्मक विचार निर्माणमा अहम भुमिका खेल्ने महानगरको बुझाई छ ।