सिमरामा राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनमा रक्तदान कार्यक्रम समपन्न, १२० जना सहभागी

रोशन गुप्ता

बारा, २० जेष्ठ

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १ सिमराको विकासशील चौकमा खुल्ला सक्तदान कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको नगर समितिले आयोजनामा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा  कार्यक्रम सम्पन्न भएको हो । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको अत्यावश्यक हुने गर्दछ र यसको अभावको कारणले गर्दा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

रक्तदान कार्यक्रममा १२० जनाले रक्तदान गरेका छन । १०२ पुरुषले रक्तदान गरेका छन भने १८ जना महिलाले रक्तदान गरेका हुन । 

उक्त रक्तदान कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जि.सि नगर सभापति सभापती सुरेश राज के.सि , चन्दन स्वर्णकार, बिजय जैरु , प्रतिनिधि सभा सदस्य लक्ष्मी तिवारी , अमृत बन्सल आदी लगायतको स्थानियको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *