रोशन गुप्ता
बारा, २० जेष्ठ
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ३ बजनी का वडाध्यक्ष तारा बहादुर कार्कीले धानको उत्पादन बढानउ किसानलाई विभिन्न जातको धानको बीउ वितरण गरेको छन ।
आज विहान ७ बजे देखि विभिन्न जातको धानको बीउ ८० प्रतिशत अनुदानमा वितरण गरेको छ । धान बीउ वितरण कार्यमा ५० प्रतिशत नगरले सहयोग रहेको थियो भने ३० प्रतिशत वडा कार्यालयको सहयोग गरि ८० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी वडा अध्यक्षले गराएका छन ।
धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ वितरण गरिएको थियो । अगामी दिनहरुमा किशानलाई लक्षित गरी किसानलाई अवस्यक्ता अनुसार कृषि औजार, यन्त्र , मलखाद, विषादी र प्रविधिमा सहयोग गर्नमा अग्रसर रहने कार्कीले बताए ।
किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौं, वडा सचिव अनिल बिक ले बताए, रु ६५ प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई रु १३ मा उपल्बध गराएका छौ ।” एक हजार सात सय पचास किलो धानको बीउ किसानलाई वितरण गरिएको उनले बताए ।
यसै पालिकाको अन्य वडामा वडाले आफनो बजेटबाट एक रुपैयापनि सहयोग नगरेको अर्थात नगरपालिकाले ५० प्रतिशत सहयोग मात्र रहेको छ भने किसानले ५० प्रतिशत सम्म तिर्नुपर्ने बाध्यता स्थानियले बताए ।
सस्तो दरमा धान को बीउ उपल्बध भएपछि किसानहरु वडा अध्यक्षलाई काठमाडौको मेयर बालेन साहको संज्ञा दिएका छन । नगरले वडाको बजेटमा कटौती नगरेको भए हामीलाई २० प्रतिशत पनि तिर्नुपर्दैन थियो होला । वडाले आफनो वडावासीहरुको लागि हरेक पल स्वास्थ्य, शिक्षा, किशान , निकास तथा विकासको कार्यक्रम हप्ते पछि संचालन गर्दै आएको स्थानिय किसानले कार्यक्रम विच बताएका छन ।

