बारा, १६ असोज
रौतहट जिल्लाको मौलापुर नगरपालिका–४ पतौरामा दाईजो कै कारणले २४ वर्षीया कविता देवी र उनको २ वर्षीया छोरीको हत्या भएको छ ।
प्रहरीका अनुसार कविताको शव घरभित्रै फेला परेको छ भने बालिकाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको छ । घटनाको केही समय न बितदै श्रीमन पक्षका सबै परिवारकासदस्यहरु बेपता भएका छन ।
प्रहरीकाले मृतकका जेठानी र सासुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने मृतकाका श्रीमानको खोजी जारी नै रहेको छ । घटना बारे तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि विस्कृत कुरा पर्दशित हुने जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक वीरबहादुर बुढामगरले बताए ।
मृतक कविताको विहे भएको मात्र तिन वर्ष भएको थियो, उनका श्रीमानले पटक–पटक दाईजोका लागि यातना दिने गरेको मृतकका बुवा विजय शंकर साहको आरोप छ ।
साहका अनुसार विहे पछि दाईजोमा सुनको औठी र सिक्री नदिएको कारणले गर्दा ज्वाई धिरेन्द्रले छोरीलाई दाईजोको लागि पटक–पटक कुटपिट गरको साहले बताए । दाईजो कै कारणले ज्वाईले छोरी र नातीनीको हत्या गरी फरर रहेको बताए ।
घटनामा जोडीको जोकोहीलाई उनमुख न हुनेगरी छाबिन होस र कडाभन्दा कडा सजाय होस साहले माग गरेका छन ।

