बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं ४ पथरामा १ हजार जनताहरुलाई निःशुल्क ग्याँसचुला तथा ग्याँस सिलिण्डर वितरण गरिदैछ । हाल सम्म वडा कार्यालयले १ हजार मध्ये ७८० सलेन्डर वितरण गरेको छ । सोमबार कार्यालयले बाकी ३२० सिलिण्डर र चुला वितरण गर्ने लक्ष्य लिएको वडा अध्यक्ष पानालाल साह तेलीले बताएका छन ।
यस पालिकाले साउन ११ गते देखि सुरु गरेको निःशुल्क ग्याँसचुला तथा सिलिण्डर वितरण कार्यक्रम संचालन गर्दै आएको छ । हाल सम्म पालिकाले वडा १, २, ३, र ४ मा वितरण गरेको छ । सोमवार सम्म वडा ४ मा वडाको कोटामा रहेको १ हजार मध्ये ३२० ग्याँसचुला तथा सिलिण्डर सेट वितरण गर्दै वडा ४ को कार्यक्रम सम्पन्न गर्ने छ । त्यसै गरि मंगलवार वडा ५ का जनताको लागि कार्यक्रम अगाडी बढाउने नगर प्रमुख अशोक जैसवालले बताएका छन ।
खाना पकाउनको लागि पहिला धेरै टाढा जनुपर्ने तथा चुला बाल्नको लागि पलास्टिक प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । छोरा–छोरी भन्छ पलास्टिक बाट आगो बाल्दा, पलास्टिक को धुवाले क्यान्सर जस्तो भ्यानक रोग निमत्याउन सक्छ बताउछन तर चुला बाल्नु हाम्रो बाध्यता थियो । स्थानिय निर्वाचन २०७९ साल बाट निर्वाचित नगर प्रतिनिधि आए देखि सम्पुर्ण पालिकाले विकासको अभास गर्न थाल्यो । हाम्रो समस्या नगर प्रमुखले बुझदिएको कारणले हामी धेरै खुशी छौ एक स्थानिय महिलाले बताएकी छिन ।
बारागढी द्धारा वितरण भएको ग्याँसचुला तथा सिलेन्डरकार्यक्रमका केही फोटो