रोशन गुप्ता
जितपुर, २० भदौ
हरेक वर्ष झै यस वर्ष पनि धार्मीक गतिविधिहरु सञ्चालन गर्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र उपशाखा जितपुरले यो वर्ष पनि श्री कृष्ण जन्मअष्ठमीको अवसरमा आध्यात्मीक प्रवचन तथा सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै भव्यताको साथमा मनाइएको छ ।
बुधवार सेवा केन्द्रले कृष्ण जन्मअष्ठमीको अवसर पारेर चैतन्य झाँकी प्रदर्शनका साथै सहिद स्मार्क एकेडमी परिवारको सहयोगले विधार्थीहरुले विभिन्न धार्मीक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।
कार्यक्रमको मुख्य अतिथि बारा क्षेत्र नं. ४ को प्रदेश सभा सदस्य माननीय देवनाराय चौधरी रहेका थिए भने विसिस्ट अतिथिमा २८ न. वाहिनी अडा जितपुर ब्यारेकका वाहिनीपति सानुकाजी थापा रहेका थिए । कार्यक्रमका बिचमा सेवा केन्द्र उपशाखाकी प्रमुख रेणु दिदीले कृष्ण जन्मअष्ठमीको आध्यात्मिक रहस्य बारे प्रकाश पारेकी थिइन ।
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, वडा ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी ज्यु, पर्सा वडा नं ३१ क जितेन्द्र यादव ज्यु , नगर उधोग वाणिज्इ संघका उपाध्यक्ष मनोज गुप्ता, समाजसेवी शिवजी साह सोनार , गणेश साह, कपिल देव , अफताब आलम, वडा ७ का वडा सदस्य ललिता पासवान , मालती कुमहाल, कालिका ढकाल , विजय शर्मा , देवी सापकोटा, पूर्व वडा ७ का वडा सदस्य दुर्गा रिजाल, आशा दाहाल लगायत स्थानियका उपस्थिती रहेको थियो ।

