रोशन गुप्ता
बारा, १६ फागुन /
पूर्वयुवराज पारस शाह लाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
मुटुमा समस्या देखिएपछि उनलाई शुक्रबार मण्डिखाटारस्थित स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो ।
अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार शाहको स्वास्थ्यमा कुनै खास जटिलता नदेखिएको र पूर्वसावधानीका लागि चिकित्सकको टोलीले २४ सै घण्टा निगरानीमा राखेको छ ।
सन् २०१९ मा हृदयाघातभएपछि शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको थियो । सन् २०१५ मा उनले कार्डियोभर्टर–डिफिब्रिलेटर प्रत्यारोपण गर्न सफल प्रक्रिया अपनाएका थिए, जुन अनियमित मुटुको लयलाई सम्बोधन गर्न डिजाइन गरिएको ब्याट्रीद्वारा संचालित एक विशेष उपकरण हो।
यसबाहेक, सन् २०१३ मा बैंककमा रहँदा शाह हृदयाघातबाट बचेका थिए। सन् २००७ को सेप्टेम्बरमा हृदयाघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उनको एन्जियोप्लास्टी गरिएको थियो ।
हाल पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

