रोशन गुप्ता
बारा, ३१ भदौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रस्थानगर्ने छन । उनी आज साँझ ६ बजे न्यूयोर्कका लागि कतार एयरवेजको उडानमा जाने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार उनले असोज ४ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुधबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” संयुक्त राज्य अमेरिकाको कूटनीतिक नियोगमा जाने कार्यक्रम छ । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने योजना बनाएका छन । त्यसपछि उनी असोज ५ मा चीन प्रस्थान गर्ने छन, जहाँ उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनेछन र १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि भाग लिनेछन ।
उनी र चीनका राष्ट्रपति सी चिनफिङ बीच हाङझोउमा हुने भेटवार्ता कार्यसूची रहेको छ । प्रधानमन्त्री ली छियाङले पनि यही असोज ८ मा बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गरेको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, स्वकीय सचिव गङ्गा दाहाल लगायत सहभागी हुने कार्यक्रम छ । कोभिड–१९ को प्रभावका कारण अनियमितताभोगेका द्विपक्षीय व्यापारिक नाका र परम्परागत सीमा नाका पुनः सञ्चालन गर्नेजस्ता विषयमा भ्रमणका क्रममा छलफल हुने जानकारी प्राप्त भएको छ ।

