पृथ्वीमै पहिलो मेथनोल द्धारा संचालित पानीजहाज

रोशन गुप्ता

बारा, ३१ भदौ
विश्वव्यापी रूपमा पहिलो मिथेनोल इन्धन कन्टेनर जहाजले आफ्नो सञ्चालन सुरु गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले कोपेनहेगनमा उक्त जहाजको उद्घाटन गर्दै यसलाई “लौरा मार्क” नाम दिएकी थिइन ।

 

यसबाहेक, उनले अपरेटरहरूलाई निर्बाध यात्रा र सफल सञ्चालन सुनिश्चित गर्न प्रोत्साहित गरिन, उनले यस प्रयासले चालक दलका सदस्यहरूलाई आनन्दित तुल्याउने विश्वास व्यक्त गरिन र यसले सबै यात्रीहरूको लागि सुरक्षित आश्रयको रूपमा काम गर्ने आश्वासन दिइन ।

यो जहाज डेनिस शिपिंग कन्सोर्टियम एपी मोलर–मास्कको स्वामित्वमा फ्लिटको भाग हो। यो जहाजले प्रदूषण उत्सर्जनमा ६५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । मार्सक कम्पनीले सन २०२६ देखि २०२७ को बीचमा निर्माण हुने थप २० वटा मेथनोलबाट चल्ने जहाजका लागि महत्वाकांक्षी खाका सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *