रोशन गुप्ता
काठमाडौँ, ३१ भदौ
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा अस्थायी रुपमा बन्द गरेको छ । उक्त सेवा बन्द हुदा बिमारीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन ।
विशेषगरी डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तले बिहीबारको दिन हातपात गर्नेलाई कारबाही गर्न एनएमएको मागपछि हेटौँडाको साँचो अस्पतालले बहिरङ्ग विभाग (ओपिडी) सेवा बन्द गरेको छ ।
सङ्घले घटनाको विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । यसबाहेक, उनीहरूले राष्ट्रव्यापी स्वास्थ्य संस्थाहरूमा सुरक्षाकर्मीहरू अनिवार्य रूपमा तैनाथ गर्न वकालत गर्न माग गरेका छन ।
सङ्घले चिकित्सक माथि आक्रमण गर्नेलाई पक्राउ गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । यद्यपि उक्त समयावधिमा कुनै कदम नचालेकाले सङ्घले आज स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ ।
हेटौँडाको सान्चो अस्पतालका चिकित्सकले गत साउन २३ गते डेङ्गुका लक्षण देखिएका एक बिरामीलाई उपचारका लागि अर्को अस्पतालमा रिफर गरेका थिए । साउन २५ गते बिरामीको मृत्यु भएको थियो । त्यसपछि मृत्कका परिवारका सदस्यले सान्चो अस्पतालले अपर्याप्त उपचार गरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै चिकित्सक सँग मुठभेड गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ गते जिल्ला अदालत मकवानपुरले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।

