बारा र पर्सा क्षेत्रमा कलवार समुदायले कुलदेवता बलभद्र भगवानको भव्य पुजा आयोजना

रोशन गुप्ता 

बारा, ६ असोज

बारा र पर्सामा कलवार समुदायको कुलदेवता श्रीबलभद्र भगवानको सम्मानमा शनिबार भव्य पूजा आजा गरिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित आफ्नो निजी जग्गामा बलभद्र भगवानको लागि जितपुर स्थित कलवार कल्याण समितिले बृहत पूजाको व्यवस्था गरेको हो । यसका साथै वीरगन्जको कलवार कल्याण समितिले पनि महानगरपालिका भित्रको आदर्श नगर स्थित आफ्नै भवनमा पूजा गरेको थियो ।

कलवार कल्याण समितिको भवन धेरै वर्ष देखि आसवासनको पात्र मात्र बन्यो, मैले पनि धेरै वर्ष देखि मात्र सुने तर कार्य कतै देखिन । नयाँ समितिका टिमले कलवार कल्याण समितिका भवन निर्माणमा अहम भुमिका खेल्ने छन, साथै वडा को साथ सहयोग खाचो परेमा वडा कार्यालय सदेव तैयार रहने कार्यक्रमका विच वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताए ।

वडा अध्यक्ष सुनिल कुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा पूर्व कार्य समितिलाई वडाध्यक्ष गुप्ताले सम्मान पत्र सहिँत बिदाई गरेका थिए । नयाँ कार्यसमितिका अध्यक्ष कन्हैया प्रसाद गुप्तालाई समितिका उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारले प्रमाण–पत्र प्रदान गर्दै शुभकामना आदान–प्रदान समेत गरेका थिए । 

जीतपुरमा आयोजित पूजा समारोह अघि शोभायात्रा निकालिएको थियो । बाजागजा, घेड्डा घडेल जस्ता परम्परागत बाजागाजा सहित हजारौँ भक्तजनको उत्साहजनक सहभागिताका साथ पूजा स्थलबाट बिहानै बाट शोभा यात्रा शुरु भएको थियो । यसले जीतपुर शहरलाई घेरेको थियो र पूजा स्थलमा फर्केर विधिपूर्वक पूजा सुरु गरेको थियो । पुस्तौं देखि भगवान कृष्णका भाइ बलभद्र भगवानलाई कलवार समुदायको पुख्र्यौली देवताका रूपमा पुजा गर्दै आएका छन ।

सामुहिक पूजाको जजमानको रुपमा स्थानिय कलावर  समुदायका पुर्व वडा अध्यक्ष रामबाबु गुप्ता र उनकी श्रीमतीले पूजा अवधिभर उपवास बसेका थिए । 

बलभद्र पूजाको रेखदेख गर्ने आचार्य पवनेश शास्त्रीका अनुसार विभिन्न समुदायका भक्तजनले पनि बलभद्र भगवानलाई बलरामको रूपमा लिन्छन । आचार्य शास्त्रीले बलभद्र भगवानको महत्वलाई स्पष्ट पार्दै बलभद्र भगवानलाई प्रसादको रुपमा चामल, विभिन्न प्रकारका दाल र पाँच वटा तरकारी चढाउने परम्परा रहेको बताए । पूजा पछि कलवार समुदायका सदस्यले पुस्तौंदेखि यी अन्नलाई प्रसादका रूपमा पुज्ने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *